बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
मायाको बाटो
सपना साँच्दै हिँडे
लैला मजनु
आँसुको भेल बग्यो
एक्लो जीवनकथा
तर्सिएको सपना ।
२.
अँगालो मार्दै
मायामा बेरिएको
मीठो सपना
गुलाबी रातो मन
अडेर माया गाँस्दा
संसार रमाइलो ।
३.
वीर पुरुष
बलिदानी आफैमा
खुम्चेकाे सान
निरङ्कुशता ढल्यो
गौरवमय गाथा
मेटियो योगदान ।
४.
धमिलो छाया
मान्छेको जिन्दगीमा
बगेको खोला
आँटले तर्न खोज्दा
लर्बराएको खुट्टा
सुख खोज्दै हुत्तिएँ ।
५.
अङ्कुश थाप्दा
तन्काउँदै समय
दु:खित मन
मरेतुल्य जीवन
सङ्घर्षको चपेटा
सुख लुट्ने प्रयास ।
६.
आगोको मुस्लो
दनदनी बलेर
खरानी रुप
गरेको रिसराग
समस्याको पहाड
रातो आँखा तर्सिँदा ।
Comments