बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
सोझो बनेर
हृदय फुकाउँदा
मनमा काँडा
फैलिएको वितृष्णा
चोटको पीडा खप्दै
दु:ख लुक्दै हाँसेको ।
२.
सङ्कटकाल
दाजुभाइको फाटो
आपसी द्वन्द
घमण्ड चुलिएको
आफैमा काटमार
आँखा चिम्लदै बुद्ध ।
३.
वाचा बन्धन
धर्म राख्छौ बन्धकी
घेराबन्दैमा
बाँधिएको सत्यता
विश्वासमा जेलिँदा
उल्टिएको संसार ।
४.
मन खुम्चिँदा
नरमाइलो सोच
एक्लिँदै आफै
खुसी बटुल्न खोज्दा
समस्या आफैमाथि
मित्रता नै पराई ।
५.
मनुस्य चोला
विश्वको रङ्गमन्च
सङ्घर्ष गाथा
जीवन घामपानी
बामे सर्न खोजेको
बुद्धि नै सर्वेसर्वा ।
६.
बिरानो देश
भूगोलमा पाइला
आँखा उघार्दा
निश्चल परिदृश्य
जिम्मेवारी बनेर
जित्नुपर्छ समय ।
Comments