बेलकोटगढी।चौथो अर्चले सेभेन ए साइट फुटबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । १६ समुह सहभागी प्रतियोगिताको पहिलो दिन समुह चरणका ६ खेल सम्पन्न भएका छन् । क्वाटर फाइनलका लागि भएको खेलमा दि मालिका, चकमके युवा क्लव, लाउरेगाइज नलागाउँ, न्यु भिजन युवा क्लव, समाज कल्याण र शुभारम्भ युवा समाज गल्छी विजयी भएका छन् ।
पहिलो दिनको खेलमा दि मालिका र बेलकोटगढी ६ बिच भएको खेलमा १ का विरुद्ध २ गोल गर्दै दि मालिका दोस्रो चरणमा प्रवेश गरेको छ । यस्तै चकमके युवा क्लव र घोरेढुंगा युवाक्लवबिचको खेलमा पनि १ का विरुद्ध २ गोल गर्दै चकमके अघिल्लो चरणमा पुगेको छ । यस्तै लाउरेगाइज नलागाउँ अभिसुरा युवा क्लवमाथि जित हात पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । अभिसुराले २ गोल गर्दा लाउरे गाइजले ३ गोल फर्कायो । गोगनपानी युनाइटेडलाई १ का विरुद्ध ४ गोल गरेर न्यु भिजन युवा क्लव दोस्रो चरणमा पुगेको छ । यस्तै नमुना सिउरानीको २ गोलका विरुद्ध ३ गोल फर्काएर समाज कल्याण अघिल्लो चरणमा पुगेको छ । आरुखर्कमाथि शानदार जित निकाल्दै शुभारम्भ युवा समाज गल्छी दोस्रो चरणमा पुगेको छ । आरुखर्कले २ गोल गर्दा जवाफमा शुभारम्भवले ९ गोल खुवायो ।
सोमबार पनि समुह चरणका २ खेल हुनेछन् । बिहान हुने खेलमा कञ्चना देउराली युवा क्लब र रानीमाला फुटबल क्लब तथा शुभबिहानी फुटबल क्लब र दि मालिका ए बिच प्रतिष्पर्धा हुनेछ । सोमबारको खेलसँगै पहिलो चरणका खेल सकिनेछन् । सेमिफाइनल प्रवेशका लागि क्वाटर फाइलनका खेल सोमबार नै हुने आयोजक कञ्चना देउराली युवा क्लवले जनाएको छ ।
लियो क्लव अफ नुवाकोट परोपकार र कञ्चना देउराली युवाक्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले खसी र नगद सहित ३० हजार बराबरको पुरस्कार, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १० हजार नगद, मेडल र प्रमाणपत्र पाउने कञ्चना देउराली युवा क्लवका अध्यक्ष सन्तराम मोक्तानले जानकारी दिनुभयो ।
Comments