सिजो
१,
बाधेर अङ्गालोमा मायाप्रिति लाए थियौं
कसरी बिछोडिए कसलाई के भनुँ मैले
अतीत खोलेर हेर्दा डरलाग्दो घटना ।
२,
गाउँमा रमाइलो मेलापात सङ्गीसँगै
रमेर आफैंभित्र मायाप्रेम जाग्न थाल्यो
अँध्यारो गाह्रो पर्दामा मनभित्रै बिर्सन ।
३,
राखेर तिमीलाई मुटु भरी सजाउथें
सम्झेथे विश्वासको आस्था निभ्न दिदैनौ कि
आखिर लत्याई छाड्यौ दोबाटोमा एक्ल्याई ।
४,
सम्बन्धै तोडेपछि देखापर्नु ब्यर्थ हुन्छ
नगरौँ रिसराग आफ्नो सुर आफै गरौँ
नदीको दुई किनारा तिमी पारि एक्लिँदै ।
५,
खेलेको राजनीति सोझोबाटो बटारिदै
सोचेर गरिएको आफैलाई साक्षी राख्दै
दिलायो आत्माविश्वास कमजोर ठानेर ।
६,
रातको सपनामा देखेको"थे तिमीलाई
मिलन बिछोडको सम्झनाले तर्साएको
भावुक भएर सम्झे ब्यर्थ देखे सपना ।
Comments