Skip to main content

Tanka/तन्का-Shreeram Shrestha/श्रीराम श्रेष्ठ,जुन झरेछ…✍️

तन्का
श्रीराम श्रेष्ठ 

१,
जून झरेछ
टाढाको चिप्लो बाटो 
थकाइ लाग्दा
अर्कै बाटाेमा बास
 समय पछि पछि ।
२,
नीलो आकाश
घुम्टो हालेको माया
सुर्यास्त हुँदा
पहेँलिँदै रोएको 
अँध्यारो बाटो छेक्दा ।
३,
गयो जवानी 
तिमीलाई  पर्खिँदा
किन बिर्सेको
एक्लोपनको बीच
एक्लै भागेको आँखा ।
४,
भूत हिँडेछ
कालो मोसो दलेर
बत्ती नै कालो
अँध्यारो नै बोकेको
फ्याँकेको लाज हेर्दै ।
५,
सपना भाग्दा
झुक्किँदो अनुहार 
निन्द्रा आत्तिँदा
निदाउन सकेन
मुख छोप्दै लुकेको ।
६,
मध्यरातमा 
अँगालोभरि माया
बाँधेको मन
फुत्कन खोज्दाखेरि 
गर्भिणी मृग भाग्छे ।

Comments