सिजो
१,
दृढता लिनुपर्छ समालेर आफैंलाई
बुझेर इतिहास खोज्नु पर्ने गोरेटोमा
आफैंले खोजेको गाथा सुनाउनु बेसरी ।
२,
साथीको आत्मीयता मनभित्र राख्दै गए
खुशीले जोडिएको नाता गास्दै बाचिएको
मस्तिमै जिउ साटेर अडिएको मित्रता ।
३,
पाएको समयमा स्वार्थी पुर्ति गरिएन
भएर इमान्दार लाग्दै गर्दा सोझोबाटो
ढुकेर बलमिचाई किनारामा पारेर ।
त्रासमा होमिएर युद्ध जित्न खोजिरहें
बाचेर आफैलाई भाग्यमानी सम्झी हाले
काथर भएको मन आफैदेखि डरायो ।
४,
अनौठो निरकुंश शासनले दबिदैछु
स्वतन्त्र चराजस्तै हावा खान आतुरछु
आटले अन्याय तोड्दै सबैलाई सिध्याए ।
५,
आकाश धमिलिदै निराशमा तनमन
सोचाई थातिराख्दा मडारियो इच्छाहरु
लिएर पीडाको पोको लम्की लम्की हिडेको ।
६,
एकाग्र भइबस्दा सपनाले बिमजायो
सन्त्रास छायपछि कोलाहल मन भयो
अन्यौल भुमरीसँग लुकामारी खेलिदै ।
Comments