तन्का
१,
मनको पीडा
पोख् ने ठाउँ पाइनँ
जलेको जल्यै
भुसको आगोसरी ।
२,
खहरे खोला
बगेको बग्यै भयो
सधैभरिको दुःखी
सधैंभरिको पीडा ।
३,
सम्झिने बानी
लामो समय कुर्दा
तितो सम्झना
कसरी बिर्सने हो
दाग लागेको रात ।
४,
निष्ठुरी मन
सहनै नसकिने
खुट्टा तन्काई
खाल्टो खोज्दै हिँडेको
पापै पापको मन ।
५,
सुनगाभाझैँ
मगमग बासना
जवान तिमी
कति टाढा हुने हो
वरिपरि भए त ।
६,
सम्झिने बानी
लामो समय कुर्दा
तितो सम्झना
कसरी बिर्सने हो
दाग लागेको रात
Comments