सिजो
श्रीराम श्रेष्ठ
१,
गरम सडकमा अत्तालिए दिनभर
शीतल खोज्दैँ हिडे धाक्रेजस्तै रुखमूनि
अनौठो अनुभूतिमा क्षणभरै आनन्द ।
एकान्त मन पर्यो भेटघाट हुँदाखेरी
विश्वास गरेकै हो मनमुटु मिलाएर
डुबायो मायाको आस्था पिंधमा नै थेक्रियो
३,
अागाध मायाप्रेम कस्सिएर लगाइयो
विश्वास गरेकै हो दिलदिए तिमीलाई
नौटकी रहेछौ तिमी ,माया बाढ्यौ रण्डी झैँ।
४
आँखाको इशाराले उनीलाई पट्याइयो
मलाई भेट्नासाथ रमाउँछे दिलखोली
भेटमा भलाकुसारी झनै बढ्यो मित्रता ।
५,
चाहना असङ्य भो चिन्तामा नै बित्योदिन
झस्किन्छ तनावले सधैं जसो आफैं भित्र
प्रफुल्ल हुनपाएमा आत्मा शान्ति भइन्थ्यो ।
६,
बाँचेर सबै कुरा देखिने भो हामीबीच
बाँच्नुको अर्थलाई बुझ्नुपर्छ सधैंभरि
अल्झिँदा जीवनलाई बचाएर राख्नुपर्छ ।
Comments