१)
नासो छ
मनमा पीडा
हाँसो छ
२)
भावना
एउटै हुने
सपना
३)
तिहार
टीका मालाको
बहार
४)
पातैमा
सुनको चुरा
हातैमा
५)
बेथाले
हैरान गर्यो
नेताले
६)
झुक्दैन
स्वाभिमान यो
चुक्दैन
७)
बोल्दैन
दलाल भ्रष्ट
पोल्दैन
८)
बिलायौ
बिषको प्याला
पिलायौ
९)
झाँङ्गिए
पात नै झरे
नाङ्गिए
१०)
गोर्खाली
साहसी हामी
नेपाली
११)
चल्दैन
दुखिको चुल्हो
बल्दैन
१२)
भन्ने त
सांसाद मन्त्री
गन्ने त
१३)
डालिमा
धान झुलेको
आलिमा
१४)
चापले
गर्मी छ यहाँ
तापले
१५)
कहर
बिरानो लाग्छ
शहर
लेखक:-
महेश तामाङ्ग
-बेल्कोटगढी-६,नुवाकोट
Comments