सिजो
१,
रोकिन्न रोकिएर राष्ट्रियता जागेपछि
सङ्कट पर्दै गर्दा राष्ट्रप्रति बफादार
शत्रुको गिद्देदृष्टिमा लड्छौँ भिड्छौँ मिलेर !
२,
नेपाल शान्ति क्षेत्र भन्दै हिँड्यैाँ सबै मिली
शत्रुको आँखा लाग्दा झगडामा फस्यौँ सबै
द्वन्दले दाजुभाइमा काटमार निम्त्याउछ ।
३,
अस्मिता लुट्दै गर्दा मन दुख्यो गहिरिँदै
चेतना अभिवृद्धि कस्ले गर्ने प्रश्नचिह्न
आफैले पुनरावृत सुल्झाउन सक्तिनँ ।
४,
बिहानी समयमा सुर्योदय भएपछि
उज्यालो चारैतिर छरिएको गाउँबस्ति
प्रकृति मनमोहक परिबेश धमिलो ।
५,
झस्किन्छ कालो दिन यताउता सन्नाटामा
मनमा डर त्रास हल्लिएछ थरथरी
जमिन फाटिदै जाँदा भागदैड मच्चियो ।
६,
नदीको छङछङ निरन्तर वहावमा
मिठास आवाजका धुनहरु बुलन्दित
संगीत थर्कन थाल्दा परिवेश हल्लेछ ।
Comments