तान्का-श्रीराम श्रेष्ठ
१,
चुचोको डाँडो
हावा चल्यो बेसरी
थामिन गाह्रो
विचार पुर्याउँदै
जोड्नुपर्छ गन्तव्य ।
२,
अम्बाबासमा
आँखा चिम्लि पिएको
भागेछ डर
पिउँदामा फ़ुर्तिलो
मात्तिएछ समय ।
३,
चर्केको घाम
पसिनाले निथ्रुक्क
थाकेको मन
खोजेको शितलता
गन्तव्य मरुभूमि ।
४,
बसन्त ऋतु
दल्नुसम्म दलियो
फागु पूर्णिामा
खुशियाली उमङ्ग
प्रकृति जोगाउँदै ।
५,
सेतो हिमाल
आफ्नै आँखा टाँसिने
मोहक दृश्य
प्राकृतिक सम्पदा
देशको पहिचान ।
६,
सुन्दर दृश्य
क्यानभासले छुँदा
बिद्रम गाउँ
एकोहोरो हेर्दामा
लागेछ स्वर्ग जस्तो ।
Comments