सिजो कविता
- श्रीराम श्रेष्ठ
१,
लिएर चोखो माया तिमीलाई साच्दै राखे
निष्ठुरी बनेपछि एकलव्य बुन्दै गए
मनमा सपना बुन्दै कुर्दै बसेँ टोलाई ।
२,
सम्झेको तिमीलाई मध्यरात आफ्नै ठानी
बिर्सन नसकिने भएपछि आफै एक्लै
यौवन साटासाटमा तिम्रो माया मात्तेछ ।
३,
सुन्दर उपहार उनीलाई साचिराखे
अडिग पार्दै मन खुसी साट्दै बाँच्दै थिए
समय अपत्यारिलो निम्त्याएछ सुनामी ।
४,
सम्झेको तिमीलाई आफ्नो मान्छे दिलैदेखि
एक्लैले चाहँदामा पूरा हुन्न मनोइच्छा
बुझेर बुझ पचायो आफै पर्यो फन्दामा ।
५,
राखेथेँ तिमीलाई आफ्नै ठानी किनारामा
विश्वास गरी हेर्दा धोका पाएँ तिमीबाट
बाँचिन्छ छोटो समय सम्झिएर जीवन ।
६,
दिलको कुरा सुन्ने माया आफ्नो टाढा भयो
लिलाम बिक्री हुँदा दोबाटोमा माया फस्यो
कसरी भरोसा गर्ने आफैसँग टाढिने ।
७,
हृदय कोमलता जित्नुपर्छ माया गर्दै
गरेर बलजफ्ती मूर्खतामा फसेपछि
तोडिन्छ माया ममता सिसाजस्तै चर्केर ।
Comments