जापानी शैलीका तन्काहरु
एक)
प्रेमिल शब्द
थामेर नसक्ने भा
सुम्सुम्याउनु
त्याे बिछाेडकाे पिडा
मन कति दुख्या छ ।
दुई )
मलामी लर्काे
छुट्टिदै सधै साथ
पानी अाँखामा
छट्पटीमा हृदय
सम्हाल्न सकिएन ।
तीन)
मेरो निशानी
अाफ्नै बनाउने हाे
याे सन्ध्यालाई
नडराउनु तिमी
रानी बनाई राख्ने ।
चार)
याे चर्काे घाम
रुखकाे छाया हेर्दै
गर्मीले हप्प
अालस्यातामा मन
पानी खाेज्दै हिडेकाे ।
पाँच)
बग्याे पंञ्चासे
हेर्दैछ सालखर्क
सुसायाे बडो
लाेभिलाे हरियाली
फेरेछ अनुहार ।
छ)
उ परदेशी
सपना छताछुल्ल
भेट्ने अाशमा
जिन्दगी उनै साेच्याे
बसेछ हेर्दै बाटाे ।
सात)
उनैकाे याद
छाती चर्किएको छ
छट्पटी बढ्याे
अनिदाे सिङ्गो रात
त्याे कसरी सम्हाल्याे ।
अाठ)
असी कराेड
बढी भाे नि रहात
दिए भाे फिर्ता
पुग्नुपर्ने झुपडी
त्यहाँ गन्धै पुगेन।
नाै)
उमेर बढ्या
चुलबुल हृदय
देख्याे रङ्गिन
भमरा डुल्न थाल्यो
गाह्राे भा जाेगाउन ।
दस)
झरी माैसम
रमायाे कल्पनामा
रुझ्याे मुसा झैँ
पातालाे त्याे कपडा
बनेछ नक्सा उस्तै !
एघार)
बलेको दियाे
हावा बन्याे दुश्मन
महासंग्राम
फेरिएन समय
अनाैठा भा सम्बन्ध।
बाह्र)
सुन्दर साँझ
मन्द चलेको हावा
उनैको साथ
खै बयान गराैँ र
महसुस स्वर्गकाे ।
तेह्र )
निर्दाेस अाँखा
ऐतिहासिक दृश्य
छ माया लाग्दि
कहाँ सकिन्छ भुल्न
गाह्रो च्यापेर राख्न ।
- करण सायर
नुवाकोट नेपाल
email :- karantamang487@gmail.com
facebook:- karan Tamang ghlan
youtube:- Mister Birkhu official
Comments