तन्का
- श्रीराम श्रेष्ठ
१,
शून्य दिमाग
आवाज पनि शून्य
मृत्यु उत्सव
रुँदै हिँडेको खुट्टा
मूर्दाघर चर्किदा ।
२,
मलामी कुर्दा
रित्तो पैताला दौडिन्छ
लास बोकेको
निहुँरिएको यात्रा
लास मात्रै सम्झेर ।
३,
खहरे खोला
बगेको बग्यै भयो
आफू सम्झिँदै
सधैँभरिको दु:खी
सधैँभरिको पीडा ।
४,
जीवन गाथा
जिन्दगीको यात्रामा
एकलब्य म
विश्वास हराउँदा
धकेल्यो समयले ।
५,
जीवन चक्र
हिजो,आज र भोलि
दैवको खेल
गरिबस्दा अडान
थाक्दै गयो घमण्ड ।
६,
हुस्सु लागेछ
देउराली डाँडामा
रमिते आँखा
जीवन परिबेश
छाम्दा राम्रो आफैंले ।
Comments