तन्का
- पुष्कर लोहनी
१,
कसरी भुलूँ
पत्तै पाइनँ मैले
भोग्नु हो भोगेँ
बिछोड भइहाल्छ
घोप्टाइदिए पनि ।
२,
बाटो खोजेको
धोकै धोकाको सिँढी
गुदी खोजेको
खोज्दा आँखै बिर्सिएँ
अलमलिँदा रोएँ ।
३,
समुन्द्र डुल्दा
गहिरिएको माछो
बिर्सेको आँखा
आफैभित्र पोखिँदा
एउटैमा एक्लिँदा ।
४,
बाँसुरी रुप
लीलैलीला थुप्रेछ
एक्लिँदो मिरा
पोखिँदा भाँडो रित्तो
फुटेको कालो घैँटो ।
५,
शून्य भावना
लत्याएर छाडेको
पिउने रहर
भोगेको इतिहास
आफैभित्र भुलेको ।
६,
पलाइहाल्छ
काटेर फाले पनि
हुर्केको बेर्ना
सुकेको बाङ्गो हाँगा
आगो भएर पोल्छ ।
Comments