सिजो कविता
-श्रीराम श्रेष्ठ
१,
रोकिन्न रोकिएर राष्ट्रियता जागेपछि
सङ्कट पर्दै गर्दा राष्ट्रप्रति बफादार
शत्रुको गिद्देदृष्टिमा लड्छौँ भिड्छौँ मिलेर !
२,
नेपाल शान्ति क्षेत्र भन्दै हिँड्यैाँ सबै मिली
शत्रुको आँखा लाग्दा झगडामा फस्यौँ सबै
द्वन्दले दाजुभाइमा काटमार निम्त्याउछ ।
३,
अस्मिता लुट्दै गर्दा मन दुख्यो गहिरिँदै
चेतना अभिवृद्धि कस्ले गर्ने प्रश्नचिह्न
आफैले पुनरावृत सुल्झाउन सक्तिनँ ।
४,
बिहानी समयमा सुर्योदय भएपछि
उज्यालो चारैतिर छरिएको गाउँबस्ति
प्रकृति मनमोहक परिबेश धमिलो ।
५,
मायाले धोकादिदा रोएको छु सम्झिसम्झी
पर्खिए आउलाउ भनिबसे उनैलाई
सम्बन्ध बिर्सिएपछि अर्कैमान्छे सम्झेर ।
६,
कामूक हेराइमा लठ्ठपरे एकोहोरो
नजिक खोज्ने मन चिनजान नभएको
कसरी बुझाउँ भन्दा तन्किएको जीवन ।
Comments