गजल~ बाबुकाजी सुवाल 'विकेश निराशी'
किन लिनु चिन्ता सकेजति गरिन्छ
धेरै नै भैहालेछ भने एकदिन मरिन्छ ।।१।।
पीर लिँदैमा के टर्ने हो र संसारमा
व्यर्थैमा रोगी भई अप्ठेरोमा परिन्छ ।।२।।
पेटभरि खाने हो आत्मा मारी बचाइँदैन
खाएर बचे भने पो दायाँबायाँ छरिन्छ ।।३।।
लालच छैन रत्तिभर अरूको उन्नतिमा
आफ्नो झोली मिहिनेतले सकेजति भरिन्छ ।।४।।
अहम् होइन यो मेरो अठोट हो है हजुर
केही कुराले डराइँदैन निडरमा दरिन्छ।।५।।
२०७७-८-८
Comments