लघुकविता
- सिता बिष्ट कार्की
मैले बगरलाई सुम्सुमाएर
तिम्रो मन स्पर्श गर्न खोज्दा
पानीलाई छ्चल्काएर
रङग भर्न खोज्दा
जवर्जस्ती मेरो मनको क्यानभासमा
गुलाफ फुलाएर सजाउन खोज्दा
तिमी त गुमनाम भएछौ
बिस्तारै कानेखुसी गर्दै यि बालुवाहरुसंग
बालुवाका मनहरुसंग
शायद लेखिरहेछ जूनका गीतहरु
मिसाएर हारका रागहरु
युद्धका हरुवा सिपाहीहरुलाई घोकाईरहेछ
समयका बादलहरुमा
गतिहिन भएको देखेर
वैलाएको गुलाफको फूलसरि
सुगन्धहिन भएको देखेर
साँच्चै मैले बगरलाई सुम्सुमाए
बगरमै पोखेर आँशुका थोपाहरु
हेरन यी परेलिहरु अझै भिजिरहेका छ्न ।।
Comments