सिजो कविता
-श्रीराम श्रेष्ठ
१,
रातको सपनामा देखेथिए तिमीलाई
मिलन विछोडको सम्झनाले तर्साएको
भावुक भएर सम्झे ब्यर्थै देखे सपना ।
२,
दुनियाँ साक्षी राख्दै अाफ्नो मान्छे बनाएथे
समय कमजोर भएपछि हेपिएछ
सम्झिएँ नजानिकनै तर्सिएको सपना ।
३,
सम्झना गहिराई पर्खाइको अवमूल्य
सतायो निष्ठुरीले झुक्याउँदै वरिपरि
एकल जीवनरङ्ग ब्यर्थताको सपना ।
४,
संसार बुझ्न खोज्यो आफैभित्र थिचिएछ
जिज्ञासु मनलाई कैद गर्दै बेहोसीमा
पाहुना बन्दै पृथ्वीमा बाँचिएला चिम्लिँदै ।
५,
पोखरा मानोरम भुमीटेक्दै आनन्दित
सौन्दर्य फेवाताल डुङ्गा चढ्दा यताउता
बिर्सन नसकिने भो सौन्दर्यको रमिता ।
६,
बादल आकाशमा रुमलिंदा अन्धकार
बर्षाले भरिएको जमिनमा चिप्लिएछ
प्रकृति हल्लिन थाल्दा भागदौद मच्चियो ।
Comments