विक्रम सम्बत् २०७४ सालमा स्थापना भएको कान्छी माया फ़ाउण्डेशनले शिक्षा र स्वास्थ्य सम्बन्धित सहयोग कार्य गर्दै आएको छ।उक्त फ़ाउण्डेसनले हाल नेपालको विभिन्न ठाँउहरुमा स्वास्थ्य शिविरका साथै मेडिकल सामग्रीहरु बितरण गर्ने कामहरु गर्दै आएका छन्।उक्त फाउन्डेसन स्वर्गीय कान्छी माया तामांङ (डा.दिल बहादुरको )आमाको स्मृतिमा स्थापना गरिएको हो।हाल बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस -१९ तथा कोभिड को महामारीलाई मध्येनजर गर्दै कार्तिक २९ गते सिमकोट स्वास्थ्य इकाई र माथिलो हुम्लाको स्वास्थ्य चौकीलाइ स्वास्थ्य सामग्रीहरु वितरण गरिएका थिए।सोही समयमा हुम्लाका जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्सहरुलाई पी.पी. इ. सेटका साथमा आवश्यक मेडिकल सामान बितरण गरेका थिए।
रोटरी अफ धुलिखेलबाट प्राप्त ह्विल चियर सिमकोटको तल्लो गाँउमा रहेको एक जना शारीरिक रुपमा अशक्त अवस्थामा रहेका महिलालाई वितरण गरिएका थिए।अंग्रेजी शिक्षक राजेश श्रेष्ठले लेखिएका अंग्रेजी व्याकरण कर्णाली एकेडेमी स्कुलमा र बाल मन्दिर मा.वि. को बिधार्थीहरुलाइ प्रदान गरिएका थिए ।यसैबीच आर्थिक रुपमा कमजोर भएको तिन जना बालिकाहरुलाई काठमाडौँमा पढ्नका लागि ल्याउने तयारी भैरहेको समेत डा.दिलबहादुर तामाङले जनाएको छ।डाक्टर तामाङ कान्छी माया फ़ाउण्डेशन अध्यक्ष समेत रहेेेको ।
कर्णाली प्रदेश हुम्ला सिमकोट्का दुइ वटा स्वास्थ्य चौकीहरुलाइ बाफ लिने मेशिन , सुगर नाप्ने मेशिन , प्रेसर नाप्ने मेशिन , अक्शिजन नाप्ने मेशिन , घाउ सफा गर्ने सामग्री हरु प्रदान गरिनुका साथै केहि अशक्त बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएका थिए।यस्ता थुप्रै सामाजिक कार्यहरु आगामी दिनहरुमा पनि गरिब दीन दु:खिहरुका लागि सारथी बनेर निरन्तर गरि रहने प्रतिबद्धता समेत डा.तामाङले गर्नुभएको छ।
Comments