भगवती खनाल`सुनाखरी´
•गजल•
१.भन्थे पहिला नेपालमा सज्जन वीर छन।
लाग्छ अहिले माटाेको गुण खै कसरी तिर्छन्।।
सत्य छैन जस्तो लाग्छ त्याे झुटले ढाक्या देख्दा।
यहाँ आमाकाे छाति पनि त छुरि झिकि चिर्छन्।
आफ्नाे कस्लाई भन्ने हाे र लौ पैसा देखेपछि ।
मान्छे अमृत छाडेर किन नालिभरि गिर्छन्।।
असल हुन भन्दा नी वाहवाह राेज्छ काेही।
त्यसैले सज्जन भन्दा फटाहाकाे नाम भिर्छन्।।
२.तिमीलाई यो दिलमा राख्छु भन्दाभन्दै खस्न खाेज्छौ।
किन प्रिय माया गर्दा मुटुभित्र छुरा धस्न खाेज्छौ।।
हजार फूल त्यो फुलेको छ पिटि फाले पाप लाग्छ।
तर तिमी काेपिलाहरुकाे गलाहरु कस्न खाेज्छौ।।
उज्यालो ती जुनभरि सारा सन्सार रमाइलो छ।
सत्य छाडि सारा झुटमा के गर्नलाई पस्न खाेज्छौ।।
३.
हारे पनि जिन्दगीमा जितेँ भन्नुपर्ला अब।
चोटैवाट धेरै कुरा सिकेँ भन्नुपर्ला अब।।
आफ्नै निधारको थोरै त्यो भाग्यहरु मेटेर।
हाँस्दै आँसु आँखा बाट झिकेँ भन्नुपर्ला अब।।
मुटु किन्न मुटु चाहिन्छ भन्ने पनि हो उता।
कसोगरी पैसामै पो बिकेँ भन्नू पर्ला अब।।
मेरो हजुर सारै सिधा भन्नू हुन्थ्यो उहाँले ।
कस्ले गर्दा छुरा हान्न सिकेँ भन्नुपर्ला अब।।
आगो पानी भए त जलाउँदैन बनहरु।
धन्न पराल आगोमा टिकेँ भन्नुपर्ला अब।।
४.
लुट्नेहरु लुट्नै खोज्छन् यहाँ पाए मन मुटु।
कुट्नेहरु कुट्नै खोज्छन् यहाँ पाए मन मुटु।।
मान्छे मर्छ मान्छे विचमा हो मान्छेकै कारण ।
लुछ्नेहरु लुछ्नै खोज्छन् यहाँ पाए मन मुटु ।।
लेखक-भगवती खनाल(सुनाखरी)
Comments