मृतक आमाको नाममा सञ्चालनमा रहेको कान्छीमाया तामाङ फाउन्डेसनलाई सामाजिक कार्यमा सफलता पुर्बक भूमिका निर्बाह गर्न सफल भएको छ।उनै सञ्चालक तथा सामाजिक महाभियान्त स्वस्थ्य क्षेत्रमा हरपल हरदम निरन्तर खटिरहनुहुने के रात के दिन भोक प्यास केही भन्दै नभनी सेवामूलक कार्यमा खटिरहनु हुने सबैको आँखा का नानी बन्न सफल डाक्टर दिलबहादुर थोकर तामाङ हुन्।आज त्यसै लगनशील र कोमल मन मस्तिष्कलाई सफलको अर्को सफल मिलेको छ अवार्ड पाउन। कोरोना भाइरस कोभिड-१९ को महामारीका बेला उहाँले आफ्नो गृह जिल्ला लगायत थुप्रै जिल्लाहरुमा राहत वितरण गर्नु भएको थियो।खाद्यान्न सामाग्रीहरुका साथै स्वास्थ सामाग्री लिएर गरिब दिन दुखिका घरदैलोमा मलमपट्टि बन्न ग्न सफल भएका थिए।२०२०/२१को एसिया अवार्डको हेल्थकेयर र सोसियल कियर अवार्ड ।आफ्नो आमाको मृतक आत्मा सन्तुष्टिको लागि स्वास्थ्य क्षेत्रमा लामो समयसम्म कार्यरत डाक्टर दिलबहादुर थोकर तामाङ दिन दुखी र गरिबी नागरिकप्रती हरपल सेवारत लागिपरेको छ।कोमल मन हृदयले र धर्मका हिसाबले समेत उहाले आफ्नो क्षमताले भ्याएसम्म साथ सहयोग जुटाउदै सहयोग गरिरहनु भएको छ।उनै सफल सेवारत डाक्टर तामाङ अवार्ड पाउन सफल भएकोमा सम्पुर्ण सहयोगी मनहरुमा र देश बिदेशका सहयोगी नागरिकहरुप्रति हार्दिक कृतज्ञता आभार प्रकट गर्दछ।सधैभरी यसैगरी साथ सहयोग र सेवा गर्ने मौका जुरिरहन सकुन् भन्दै मिडियाहरु लगायत कान्छीमाया तामाङ फाउन्डेसनका र तामाङ चिकित्सक समाज,नेपालका सहयोगी साथीहरूमा अविस्मरणीय सम्झना ब्यक्त गरेका छन्।उनले आगामी दिनहरूमा पनि अझै सामाजिक कार्य गर्न निरन्तर दिदै जाने र विभित्र संघ सस्थाहरु र समाजसेवी व्यक्तित्वसङ्ग आत्मसात गर्दै आफ्नो कार्यलाई निरंतरता दिने समेत बताउनु भएको छ।अवार्ड प्राप्त पश्चात् दियाले न्यूजसङ्ग कुराकानी गर्दै डाक्टर तामाङले अबको दिनमा ग्रामिण क्षेत्रमा रहेका दिन दुखि र गरिबी नागरिकहरुमा आफुले सकेको स्वास्थ्य सेवा निशुल्क सञ्चालनमा ल्याउने तयारी भैरहेको र त्यसका लागि विभिन्न व्यक्तित्वहरुमा कुरा चलिरहेको बताएको छ।सहयोगी भावना रहेको उहाँ जस्तो स्वास्थ्यकर्मी डाक्टरप्रती हाम्रो पनि हार्दिक नमन साथसाथै हार्दिक कृतज्ञता आभार।सधैभरी सफलताको शिखर चुम्न सकुन् भन्दै पुनः डाक्टर दिलबहादुर थोकर तामाङप्रती हार्दिक बधाई तथा शुभकामना।
बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...
Comments