Skip to main content

सुरुदेखि नै नेपाली काङ्ग्रेसको राजनिती यात्रा-प्रतापसिंह लामा

नेपाली कांग्रेस नेतृत्वको सरकार आफ्नो कार्यभार पूरा
गर्न सक्षम हुनेछ : प्रतापसिंह लामा, महासमिति सदस्य, नेपाली कांग्रेस


प्रताप सिंह लामा नेपाली काँग्रेस नुवाकोटका सक्रिय युवा नेता तथा महासमिति सदस्य हुन् । सामान्य किसान परिवारमा हुर्केबढेका उनी मिलनसार, सहनसील र सबैसंग मिल्न सक्ने स्वभावका हुनुको साथै आफुले आँटेको र जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने गरेको सुनाए । सुरुदेखि नेपाली काँग्रेससंग प्रभावित भई साधारण सदस्यबाट राजनीति सुरु गरेका उनले लोकतन्त्रमा विस्वास राखी निरन्तर देश, जनता र पार्टीको सेवा गर्दै आएको बताउँछन् । राजनीतिमा लाग्ने प्रेरणा मेरो बुबा र जिल्लाको तत्कालिन स्थानीय नेताहरुको प्रभाव र पछि विपी, कृष्ण प्रसाद भटराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला लगाायतलाई पनि बुझने अवसर पाएं । मेरो बुबा दुई पटक वडा अध्यक्ष हुनुभएको थियो । पञ्चायती राजनीतिक परिवारमा हुर्कनु भएको तपाई कसरी कांग्रेस ? साँञ्चै म राजनीतिक सामाजिक पविारमा हुर्के, बढेको हुं । २०३८ सालतिरको कुरा हो साविकको जिलिड ८ नालागाउँमा प्रहरीले एक जना जनताको घरमा गई थाममा बाँधी कृषकको कुखुरा काटेर खाए । त्यसपछि पञ्चायतअन्यायपूर्ण रहेछ, निरंकुश रहेछ, अब रहनुहुंदैन भन्ने मेरो सोच बन्यो । त्यसरी पञ्चायत विरोधी आन्दोलनमा जोडिए । त्यतिबेलैदेखि जिल्ला कांग्रेसका नेताहरुसंग राम्रो सम्बन्ध थियो, त्यसले राम्रो गर्यो मलाई । शिक्षक आन्दोलनमा लाग्ने क्रममा ०४३ सालमै नुवाकोटको विदुरमा ६ दिन थुनामा परें । ०४६ सालको जनआन्दोलनमा अग्रपंत्तिमा रहेर सहभागी भएं । प्रकाशचन्द्र लोहनीले सबैतिर बिजुली पठाउने काम गरे तर हाम्रो घर एरियामा कांग्रेस भएका कारण दिएनन् बहुदल आएपछि बिजुली लाने काममैले नै गरें । अरु धेरै विकासका कामहरु गरियो, अहिले पनि गरिरहेकै छौं । केकुसित करांतेका खेलाडी, सामाजिक सेवा हुंदै हाल पुरै राजनीतिमा सक्रिय रहेको छु । साथै राजनीति तथा समाजसेवामा आफु भनेर आउनेलाई हमेसा सहयोग गर्दै आएको छु हामीसंग कुरा गर्दै भने । उनी पार्टीको एक इमान्दार सिपाही हुन् भन्दा फरक पर्दैन । नेपाली जनताले दुई तिहाई मत दिएर कम्युनिष्टहरुलाई सत्तामा पुर्याए तर देश र जनताको लागि केही गर्न सकेनन् । पार्टीभित्रकै झगडाका कारण देखाउँदै दुई पटकसम्म संसद विघटन गर्ने असंवैधानिक काम गरिरहे । अहिले
परिस्थितिले कांग्रेस नेतृत्वमा सरकार बनेको छ । नेपाली कांग्रेसले नै आजसम्म राजनीतिक कार्यभार पूरा गर्दै आएको छ ।पार्टीको क्रियाशील सदस्यता वितरण र नविकरण विवाद टुंगिएको छ । जिल्लामा पार्टीका नेताहरुबीच एकता हुन नसक्दा त्यस्तो अवस्था देखा परेको हो । एकाध चुनावहरुमा पराजित भएपनि पार्टी कमजोर छैनौ ।अहिले हामीले पार्टीलाई एक ढिक्का बनाउनुको साथै संगठन मजबुत बनाउने अभियानमा छौं । पार्टीको १४ औं महाधिवेशनमा त्यो संकल्प गर्छौं ।

नजिकिदै गरेको महाधिवेशनमा तपाईको दाबी के हो ? भन्छन्, मेरो चाहना महाधिवेशनबाट नगर र स्थानीय प्रदेश बाहेकमा मेरो दावी रहनेछ । जिल्ला पार्टीको नेपाल तरुण दलको संस्थापक सदस्य र तीन कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेको छु । पार्टी भित्र छलफल भईरहेको छ र हुन्छ । पार्टीले मेरो आवश्यकता ठान्छकि ठान्दैन त्यसमा भर पर्दछ । अग्रज नेता, कार्यकर्ता तथा प्रतिनिधिहरुले जे भन्नुहुन्छ म त्यही गर्छु । अहिले नै भन्न सक्ने अवस्था छैन ।नुवाकोटमा पार्टीले चुनाव हार्नुको मुख्यतः तीन वटा कारण रहेका छन् । पहिलो वाम गठबन्धन, टिकट वितरण विवाद रहित हुन नसक्नु, अर्का काँग्रेसको एउटा रोग सबैलाई थाहा छकि पार्टीभित्रकै अन्तरघात । टिकट वितरणमा एकरुपता नहुंदा चुनावमा केही कमजोर भएका छौं । तर ठोकुवाका साथ भन्छु यदि वाम गठबन्धन मात्र थिएन भने प्रतितिधिसभा र प्रदेश पुरै सिट जित्थ्यौं । अबको चुनावमा कांग्रेसको जितलाई कसैले रोक्न सक्दैन । स्थानीय तहमा हामी बलियो छौं । आगामी दिनमा झन बलियो रुपमा प्रस्तुत हुन्छौ ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा निर्वाचनमा पार्टीको सिफारिसमा निर्वाचन आयोगको बन्द सुचीमा मेरो नाम थियो । ६२ नम्बरमा मेरो नाम थियो । मेरो अनिवार्य जस्तै थियो, ६३ नम्वरवाला सभासद बने, मलाई सबै तिरबाट बधाई आदनप्रदान त भयो तर
विडम्वना सम्भव भएन । २०७४ सालको स्थानीय तह चुनावमा बेलकोटगढी नगरपालिकामा मेयरको लागि उम्मेद्धारी दिए तर अन्तिम समयमा यादव नेपालको नाम प्रकाशित भयो । मैले सहर्ष स्वीकारे । पार्टीले टिकट बाँड्नमा चलखेल गर्यो, इमान्दारपूर्वक पार्टीले पठाएको उम्मेद्धारलाई सघाए । तर चुनाव हारियो, एमालेले जित्यो । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पनि प्रदेशमा अनिवार्य जस्तै थियो टिकट तर त्यहाँ पनि चलखेल भयो
टिकट पाईन । म एउटा कुरा दावीका साथ भन्न चाहन्छु कि मेयर वा प्रदेशसभा जुनसुकैमा चुनाव जित्नेवाला उम्मेद्धार थिएं, हुं तर टिकट पाईन । राजनीतिमा धैर्य गर्नुपर्छ, पालो आईहाल्छ , आसावादी छु ।

वाम सरकारले संसद विघटन गरेर देशलाई अनिर्णयको भूमरिमा फसाउंदै थिए तर सम्मानित सर्वोच्च अदालतले जोगाईदियो । अदालतको परमादेशद्धारा कांग्रेस नेतृत्वमा सरकार बनिसकेको छ ।सर्वहाराको कुरा गरेर जनतालाई गरिब बनाईरहेका छन् । उनीहरुले
राजनीतिलाई पद र पैसा कमाउने मेलो मात्र बनाएका छन् । विपीले जस्तो संघर्ष अहिले नेता वा तपाई हामीले गर्न सक्दैनौ । तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरे । त्यस्तो अवस्थामा पनि कहिंकतै विचलित नभई जिवन पर्यान्त संघर्ष गर्नुभयो । उनैले जन्माएको पार्टी देशको ठुलो प्रजातान्त्रिक पार्टी बनेको छ । त्यस्तो गौरवशाली पार्टीको सिपाही हुन पाउंदा गर्व महसुस हुन्छ । यद्यपी पार्टीले धेरै कुरा सुधार गर्न आवश्यक छ । साथै, अहिलेको राजनीति शुद्धिकरण आवश्यक छ । सबै र सबैलाई अट्ने काँग्रेस बनाउन आवश्यक छ । यसमा नेतृत्वको ध्यान पुग्न जरुरी छ ।

नेपाली काँग्रेसले आफु हारेर पनि संधैं देशलाई जिताउंदै
आएको छ । नेपाली काँग्रेस जन्मेदेखि आजसम्म के कति संघर्ष गर्‍यो तपाई हामी सबैले देखे, सुने बुझेकै छौं । २००७ देखि पञ्चायत फाल्ने आन्दोलनदेखि लिएर दुईवटा जनआन्दोलन हुंदै आज देशमा जुन राजनीतिक परिवर्तन भएको छ, त्यो काग्रेसको कारणले मात्र सम्भव भएको हो । सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौं । काँग्रेसले देश र जनताका लागि निरन्तर संघर्ष ग¥यो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा
हार्दैछौं भन्ने थाहा हुंदाहुदै पनि देशले निकास पाउनुपर्छ
भन्ने हेतु सहित गिरिजाप्रसाद कोइरलाले चुनाव गराउनुभयो । ०७४ सालमा पनि शेरबहादुर देउवाले त्यही गर्नु भयो । बल्लतल्ल आएको संविधानलाई कार्यान्वयन र संस्थागत गर्नुपर्ने अवस्था थियो । आज वाम गठबन्धनले दुनियाँ कुरा गरेर संसदमा दुईतिहाई त ल्याए तर देश र जनताका लागि के गरे त ? संविधान कार्यान्वयन कहाँ पुग्यो ? विभिन्न काण्डहरु कहाँ पुग्यो ? सुशासनमा सरकार कहाँ छ ? तर सरकार कानमा तेल हालेर बसेको अवस्था छ । एत्रो कोरोना रोग चलिरहँदा जनताले राहत पाउने भन्दा पनि स्वस्थ्य सामग्री
खरिदमाभ्रष्टाचारमा गरे । त्यसैले हामी कमजोर छैनौ, चुनावमा हारजित त भईरहन्छ ।कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा वैचारिक भन्दापनि नेतृत्वका लागि गुठउपगुठ मात्र भईरहेको छनि ? काँग्रेसभित्रको गुठउपगुठको कुरा उठाउन खोज्नु भएको होला । नेपाली काँग्रेस एक मात्र पुरानो प्रजातान्त्रिक पार्टी हो । पार्टीको अधिवेशन भदौमा हुने गरि सबै कार्यतालिका आईसकेको छ । पार्टीमा सबैलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता सबैमा छ, त्यसैले लोकतन्त्रको लागि आन्दोलनको नेतृत्व ग¥यौं । तर हामी नै अराजक बन्यौ भने यसको फाईदा अरुले लिन्छन् लिईरहेका छन् । यसमा पार्टी सजग बन्न जरुरी छ । कम्युनिष्ट पार्टीमा जस्तो बोल्नमा बन्देज छैन, हुंदैन । ठुलो पार्टी छ, मनमुटाव हुन्छन्, गुठहरु हुन्छन् । प्रजातन्त्रको सुन्दरता पनि त्यहि हो । आखिर अधिवेशनमा प्यानल हुन्छन्, एउटाले जित्छ, अर्कोले हार्छ । हार्नेले आफ्नो पोजिसन देखाईरहनु ठिकै हालो तर पार्टीलाई घाटा हुने गरी नेताहरु चलिरहंदा आम कार्यकर्ता, शुभचिन्तक, जनता दुखी हुनु स्वाभाविक हो । त्यसैले आम नेता कार्यकर्ता सच्चिन जरुरी छ । 

Comments

Popular posts from this blog

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य साम...

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आए...

नुवाकोटका दुई जना शारीरिक अपाङ्गतालाई फ्रेन्च नागरिक आनिकको आर्थिक सहयोग

बेलकोटगढी,नुवाकोट ।शारीरिक अपांगता भएकोलाइ साथ र माया सदैब हाम्रो हुनेछ भन्दै कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङको पहलमा बेलकोटगढी -३,नुवाकोटका नगेन्द्र पुडासैनी जसलाई हरेक साथ र सहयोग गरिरहन्थे उहाँलाई उनको  दुई जना छोराहरूका पढाईको लागि फ्रेन्च नागरिक  आनीकको सहयोगमा रु.३० हजार रकम पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जानकारी दिनुभएको छ। त्यसैगरी बिगत साढे दुइ बर्ष देखि रुखबाट खसेर दुवै खुट्टा नचल्ने बेलकोटगढी -४ नेपने,नुवाकोटका ठाकु राम तामांगलाइ फ्रेन्च नागरिक आनीकको सहयोगमा रु.३० हजार रकम उहाको औषधि उपचार र प्रोटिन युक्त खानको लागि भन्दै आर्थिक सहयोग पठाएको फाउन्डेसन सञ्चालक डाक्टर तामाङले जनाएको छ।