Sijo Poem By Shreeram Shrestha|सिजो कविता
-श्रीराम श्रेष्ठ
आकाश धमिलिँदै निराशमा तनमन
सोचाइ थाँती राख्दा मडारियो इच्छाहरु
लियर पीडाको पोको लम्की लम्की हिँडेकाे ।
२,
आउँछ आँधीबेरी नदेखिने बहानामा
मनका रहरमा नजिकिँदो लिसोसरि
स्वार्थले लत्याएपछि मर्किएको भरोसा ।
३,
झरीले रुझाउँदा सम्झनाको पर्खाइमा
रोएझैँ झेल गर्ने नक्कलीकाे भरपर्दा
बसेथेँ एक्लो जीवन आशा गर्दै जोवन ।
४,
बिहान चिसो चिसो पानी पर्दा उठिहाले
मनले खोजिएको ततोपन सम्झिरहे
कफिको चुस्कीले गर्दा अनुभवै फेरियो।
५,
इन्द्रेणी परेपछि मोहकता वरिपरि
क्षणिक परिदृस्य टिकाउन सकिँँदैन
प्रकृति उपहारमा सौन्दर्य अथाह ।
६,
पानीको थोपाथोपा महत्त्व छ सधैँभरि
अमृत जस्तो मान्छे बाँच्न पनि अति गाह्रो
सुकेछ पानी आउने मुहान पनि गर्मीले ।
७,
वर्षाको मौसममा गर्मी छर्दा बाँच्नै गाह्रो
बेचैनी यताउता शीतलता खोजिपस्दा
पसिनै पसिना लिई विवशता अँगाल्दै ।
८,
असिना पर्यापर्यै चुट्नुसम्म चुटिएछ
आपत देखापर्दा ज्यान जाला होसियार
निथ्रुक्क भिजिएपछि सताएछ चिसोले ।
९.
धैर्यता टुटेपछि आँखाबाट आँसुझर्छ
कोमल हृदयमा क्षणक्षण रामबाण
अँध्यारो जीवन कथा ढोकैभित्र टासिन्छ ।
Comments