सिजो
श्रीराम श्रेष्ठ
१,
रातमा पढ्दा पढ्दै कति खेर निदाउँछु
यसरी दिनचर्या बित्ने भयो सधैंजसो
सोच्दछु कहिलेकाहीँ भाग्यले नै लत्यायो ।
२,
राखेथें तिमीलाई आफ्नै ठानी किनारामा
विश्वास गरी हेर्दा धोका पाए तिमीबाट
बाँचिन्छ छोटाे समय निराश भो जीवन ।
३,
हरियो बगैंचामा सजिएकि प्रियतमा
नाइटो देखिएर उन्मत्तमा बैँसहरू
समाल्नै गाह्रो भएछ यौनक्रिडा देखिंदा ।
४,
साहासी गोर्खाली वीरतामा रमाउँदा
विदेशी भुमी चुम्दै लड्दैपड्दै अघि लाग्दा
५,
पत्थर जस्तो मन लिई हिंड्दा आँत्तिएछु
मनमा कौहुलता सधैं जसो छटपटी
सहन गार्हो पर्दामा आफैंलाई भुलेछु ।
६,
जाँगर चलाउँदा खुशीमय पलहरू
आत्तियो क्षणभर पीडादायी दिनदेखि
समाल्नै नसक्दा पनि गन्जागोल सोचाई ।
७,
भाँचियो मनमुटु विश्वासमा घात हुँदा
शङ्कालु सोचाइले चिप्लिएर लडे ओडारमा
मित्रता टाडिएपछि हुने भयो खरानी ।
८,
मनका ब्यथा टार्न खोज्दाखोज्दै आँत्तिएछु
बिर्सन नसकिने आँखा भित्रै टाँसिएछ
भुलले गरेको गल्ति पश्चाताप् मा अल्झदै ।
९,
गन्तव्य चुम्नलाई गर्नुपर्छ मेहनत
दोधारे भएपछि बिग्री हाल्छ मनैपनि
समय गतिशीलता बुझ्नुपर्छ आफैंले ।
Comments