डोडोइट्सु
- श्रीराम श्रेष्ठ
१,
लोभी आँखाले हेर्दै
माया सार्न खोजेको
तिम्रो नजिक बन्दा
माया बिरानो ।
२,
आफ्नै सम्झेर सधैं
राखेको दिल खाली
तिमी निष्ठुरी बन्दा
मोडियो बाटो ।
३,
दु:खको साथी तिमी
विश्वास साटासाट
गर्भिलो आत्मीयता
बुझौं दुबैले ।
४,
जोडिएको साइनो
अाशङ्काले घेरिंदा
बढ्दै मनको दुरी
एक्लिन खोज्दै ।
५,
दिलको मझेरीमा
राखेको तिमीलाई
तिम्रो मन तिखालु
घोंच्दा आनन्द ।
६,
अप्सरा रुपडाल
देखेको कामुकता
मन चोर्न हत्तार
Comments