बुसोकुसेकिका कविता 
१,
विश्वास गर्दा
धोकै धोका बुनेर
नक्कली माया
मुटुमा किला ट्गोक्दै
रुन्चे हासो फालेर
जीवन दु:खमय ।
२
अप्ठ्यारो बाटो 
गन्तव्य पुग्न गाह्रो 
चिन्ता थुप्रेको
धकेल्दै अघि बढ्दा
अन्धकार लुकेको
अवस्था रण्भुल्ल ।
३,
पीडाको पोको
अत्तालिएको मन
बाँच्ने कसरी 
एक्लै दु:ख अगाल्दै
आफ्नै जीवनकथा
दु:खको चौतारी ।
४,
बैगुनी माया
विश्वास गुमेपछि
मनमा रिस
कसरी बुझाउने
मुटुमा काँडा ठोक्दै
भत्किएको पर्खाल ।
५,
आफ्नो सम्झेर
खुसी सबै बाँडेको
मुटुमा काँडा
छटपटी हुँदामा 
धोका दिँदा चिप्लेको
आफ्नै पनि पराई । 
६,
रसिलो बोली 
दिलैबाट चाहेको
मनको भाव
भित्रभित्रै कोचिँदा
मौका जुरेलो बेला
डराएर कामेको ।
Comments