१,
बलौटे माटो
पानीको भेलसँगै
छुट्टिन्छ सबै
किनारमा थुप्रेछ
रमाउदै सोरेको ।
२,
तारुकाघाट
चिताको धूँवा देख्दा
तोड्यो घमण्ड
हातेमालो गरेर
हाँसिखुशी बाँचौला ।।
३,
फूलेको फुल
भमराको चुम्बन
हरायो बास्ना
हेर्नलाई सुन्दर
हराएछ सुगन्ध ।
४,
भूत बङ्गला
मध्यान्ह बाह्रबजे
अचम्म लाग्ने
डरलाग्दो आवाज
दैवी शक्ति बोलेको ।
५,
थानसिङ वस्ती
हरियाली देख्दामा
मन नै ताजा
सम्म परेको फाँट
पैसैपैसाको थुप्रो ।
६,
जीवनगाथा
दुइ दिनको नासो
त्यागौ घमण्ड
भाइचारा सम्बन्ध
अडेर विश्वासमा ।
Comments