सामाजिक कार्यक्रमहरुका साथ अगाडि बढिरहेको बिल्कुलै समाजसेवी व्यक्तित्व डाक्टर दिलबहादुर थोकर तामाङद्वारा सञ्चालित रहेको कान्छीमाया तामाङ फाउन्डेसनले देशका विभिन्न कुना दुरमा रहेका विभिन्न समस्यामा परिरहेका मानिसहरुलाई सहयोग गर्दै आइरहेको छ।संस्था सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङले आफ्नो मृतक आमाको नाममा सञ्चालन गरेको उक्त तामाङ फाउन्डेसन अहिले समाजसेवाको प्रमुख पात्र बन्न सफल भैसकेको छ।
समाजसेवाको नाममा चारैतिर कान्छीमाया तामाङ फाउन्डेसनको चर्चा चलिरहेको बेला यसपटक पनि तीन जनालाई निशूल्क अध्ययनको लागि व्यवस्था गर्न सफल भएको छ।रसुवा नौकुन्ठा गाउँ पालिकाको १७ वर्षे राममाया तामाङ र काभ्रे तेमाल गाउँ पालिका वडा नम्बर १ का आधिभडका मनिका तामाङ र सोनिका तामाङ गरि तीन जना बालिकाहरुलाई निशुल्क अध्ययनको व्यवस्था गरिएको छ।बालिका मनिका र सोनिकाको भने फोक्सो क्यान्सरका कारण आमा गुमाएका थिए।उनीहरुको निशूल्क खाना बस्न र पढ्न चंचल मौदित एकेडेमीमा व्यवस्था गरिएको संस्थाका सञ्चालक तथा समाजसेवी डाक्टर दिलबहादुर थोकर तामाङले दियाले न्युजलाई जानकारी दिनुभयो।
Comments