उत्कृष्ट सरकारी विद्यालयको सबैभन्दा पहिलो लिस्टमा पर्छ– तरुण माध्यमिक विद्यालय । यसको स्थापना २०३० सालमा भएको थियो । दशौं पटकभन्दा बढी राष्ट्रिय, क्षेत्रीय र प्रादेशिक रूपमा पुरस्कृत भएको यो विद्यालय काठमाडौंको उत्कृष्ट सरकारी विद्यालयभित्र पर्छ ।
यो विद्यालयले १७ वर्षमा राष्ट्रियस्तरमा चार पटक सर्वोत्कृष्ट भएर पुरस्कृत भयो । एक पटक दोस्रो र तीन पटक क्षेत्रीय स्तरमा सर्वोत्कृष्ट ठहरियो भने दुई पटक वागमती प्रदेश स्तरमा उत्कृष्ट ठहरियो ।
यस विद्यालयको उचित व्यवस्थापन, उत्कृष्ट पढाइ र विद्यार्थी मैत्री वातावरणले धेरै अभिभावक तथा विद्यार्थीलाई लोभ्याउँछ । अंग्रेजी माध्यमबाट पढाइ हुने भएकोले निजी विद्यालयका विद्यार्थी पनि तरुणमै पढ्न आउने गर्छन् । विद्यालयमा उत्कृष्ट शिक्षकको समूह छ । पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई संलग्न गराइन्छ ।
तरुण माविमा पूर्व प्राथमिकदेखि कक्षा–१० सम्म पढाइ हुन्छ । तरुण माविमा यो वर्ष भर्ना भएका सबै गरेर २ हजारको हाराहारीमा विद्यार्थी छन् ।
Comments