नेपाल सरकार राष्ट्रिय युवा परिषदकाे कला संगित तथा साहित्य सञ्जालकाे केन्द्रिय सदस्यमा करण तामाङ नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद अन्तर्गत कला , संगित तथा साहित्य सञ्जालकाे केन्द्रीय सदस्यमा नुवाकोटका करण तामाङ नियुक्त भएका छन् । साेमबार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद सानाेठिमी भक्तपुरमा भएको युवा परिषदका भेला तथा समारोहले तामाङलाई केन्द्रीय सदस्यमा चयन गरेको हाे । कला संगित तथा साहित्य सञ्जालकाे कार्यसमिति संरचना अधिवेशन अनुरुप भएको थियोे । अध्यक्षमा लाेकप्रिय हाँस्यव्याङग्य कलाकार सुबाेध गाैतमले नेतृत्व पाएका छन् यसै साथ तामाङले पनि केन्द्रीय सदस्य बनेका हुन् ।
बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...
Comments