Skip to main content

साहित्य सर्जक भगवती खनाल"सुनाखरी"द्वारा रचित-गजल-चोरलाई चोर…

चाेरलाई चाेर भन्दियाे भने रिसले चुर हुन्छ
जाेरलाई जाेर भन्दियाे भने रिसले चुर हुन्छ।

साेझाहरु मर त्यसै अव हेपि सदा गल्ती गर्न
छाड घनघाेर भन्दियाे भने रिसले चुर हुन्छ।

आफै सर्वेसर्वा ठान्नेले सम्मान गर्दैन कसैकाे
गर्छु भण्डाफाेर भन्दियाे भने रिसले चुर हुन्छ।

अन्याय खेप्न नसक्नेहरुले ढाेका खाेलेरै गर्छौँ
ओहाेर दाेहाेर भन्दियाे भने रिसले चुर हुन्छ।

मार्नेहरुले मारेर नि मरेन जिन्दगी बचाँउन
नमान्नुस बाेर भन्दियाे भने रिसले चुर हुन्छ।

भगवती खनाल (सुनाखरी)
नुवाकोट


Comments