Skip to main content

हाइकु - पुष्कर लोहनी

 हाइकु

- पुष्कर लोहनी 


१,

घोडा सम्झिँदा

कुकुरले सुँघेछ

झूलमा माखा ।

२,

सग्लो सपना 

बजारिँदा टुक्रेको

मन भत्किँदा ।

३,

लुलो नर्कट

लहराले बेरिँदा

भाँच्चेको मन ।

४,

ढल्केको माया

कालो रङ पोखिँदा

चिप्लेको मन ।

५,

लामो घिरौँला

झुन्डिएर लत्रिँदा

खाल्टै थचक्क ।

६,

चुहिने भाँडो

सपना भरिएछ

छिप्पेको काँक्रो ।

७,

ढुङ्गा बर्सियो

जोल्ठिएछ बाटैमा

झ्यालमा आँखा ।

८,

सुनेको थिएँ

भित्ताको कान हुन्छ

आँखामा तिमी ।

९,

जलिरहेछ

जल्न देउ त्यसैमा

तातेको ओठ ।

Comments