Skip to main content

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बुसोकुसेकिका कविता 

- श्रीराम श्रेष्ठ 


१,

स्वार्थी संसार

एक्लो जीवन रोज्दा

मन कुडिँयो

आनन्द भोग्ने इच्छा 

सपनाले गिजोल्दा

लाज नै प्रिय लाग्ने ।

२,

गाढा सम्बन्ध

विश्वास गुमेपछि

भइन्छ टाढा

विगत कोट्याउँदा

तेजिलो अनुभूति 

आँखामै टाँसिएको ।

३,

प्रतिस्पर्धामा

कमजोर ठानेर

आँखा चिम्लिँदा

पाखा लाग्दै चिप्लिएँ

लाजबोध मनमा

पहिरोको सन्नाटा ।

४,

गहिरो ताल

मन रमाउँदामा

चिप्लिँदै घुसेँ

उत्ताउलो बनेर

स्पर्श गर्न खोजेको

वान्ता गर्दै झस्किएँ ।

५,

पीडाको थुप्रो 

आफैमाथि कुजिँदा

थला नै परेँ

जीवन नै नरक

अचेत बनी बस्दा

होस गुम्दै ढलेको ।

६,

लोकतन्त्रमा

अन्याय, अत्याचार

खुम्चेको मन

स्वतन्त्रताको हाँक

न्यायनिसाप लुक्दा

सम्झेको आन्दोलन ।

Comments