सेडोका कविता
- श्रीराम श्रेष्ठ
१,
मनको स्वार्थ
आत्मकेन्द्रित बन्दै
ढल्किएको तराजु ।
खुलेको दिल
उदार बनेर नै
हातेमालो सबैमा ।
२,
संसार बुझ्न
चनाखो बन्दै हिँड्दा
थाकेको मन घाँडो ।
साँघुरो सोच
खुम्चेको मन बोक्दै
चलाख बन्न खोज्यो ।
३,
छिप्पेको रात
घोप्टिएको अँध्यारो
निद्रामा लुटुपुटु
बिहानी पख
उज्यालो छिर्न खोज्दा
बिलाउँछ अँध्यारो ।
४,
कुण्ठा बोकेर
जीवन बाँच्न खोज्दा
भार बन्दै थाकेको ।
खुल्ला आकाश
रमेको स्वतन्त्रता
जिरीवन नै उमङ्ग ।
५,
डु:खको साथी
बिग्रेको व्यवहार
पन्छाउन सकिन्न ।
समस्या पर्दा
मिलेको सहयोग
बन्यो अमिट छाप ।
६,
दोधारे मन
बाध्याता भोगेर नै
सिकेको पाठ राम्रो ।
दानी बनेर
थैलीभरी सापटी
बनेको शत्रु घाँडो ।
Comments