Skip to main content

हाइकु - पुष्कर लोहनी

 हाइकु

- पुष्कर लोहनी 

१,

सिउने बानी 

मुजा पार्दै सपना 

मुठी बटार्दा ।

२,

धुजा नपार्दै

च्यात्तिएको सपना 

आँखामा फुलो ।

३,

टुक्रुक्क बस्छ

सपना खेलाएर

फोहोरी हात ।

४,

सपना निल्दा

बोकिरहेको हुन्छ

भरिँदो गाग्री ।

५,

कोट्याऊँ भन्दा

घिनै लागेर आयो

छुँदै छोइनँ ।

६,

भिजेको लुगा

सपना हल्लिएर

बाँस बाङ्गिँदा ।

७,

कालो सपना 

उत्ताउलो टोकाइ 

खुट्टाको छाया ।

८,

निभेको धूप

काँधमाथि सपना 

पर्सेको बोको ।

९,

सपना उम्क्यो

समाउने रहर

फिँज फालेर ।


Comments