तन्का कविता
- पुष्कर लोहनी
१
,
रुख चषेथेँ
नअघाने स्वाद
समाल्नै गाह्रो
जसरी पनि टिपेँ
जसरी पनि चाटेँ ।
२,
आँटिलो आँखा
फुटिहाल्यो भने त
बगिहाल्छ नि
फुत्त चिप्लियो भने
खोज्न जाने कसरी ।
३,
कति जिस्किने
एक्लो रात एक्लिँदा
आँखामा छाया
च्याप्पिएको तकिया
खोल निस्किने बानी ।
४,
दौडिन खोज्दा
साँझले अल्झाएछ
रातै अल्झाएछ
रातै थचक्क
खोज्दै खोज्दै हेरेको
औँलो चुसेको चुस्यौ ।
५,
बादल झस्क्यो
अन्धकारभित्र खस्दा
पानीको थोपा
आफ्नै छाया भिजेको
सुकाउँदा लत्रेको ।
६,
झरेछ आँखा
चाटेछ कमिलाले
जिब्रो निस्किँदा
बिर्सन खोज्दा पनि
उत्रेछ सापटी माया ।
Comments