सेडोका कविता
- श्रीराम श्रेष्ठ
१,
मन परेको
धोका आइलाग्दा
सोच पनि बदलेँ ।
आफ्नै सम्झेर
दिल दिएँ खोलेर
नाङ्गो बनेको आफैं ।
२,
मन बाँधेर
दु:खलाई बिर्सँदा
समय नै छायाँमा ।
पीडालाई खपेर
जीवन तन्काउँदा
सङ्घर्ष लम्बेतान ।
३,
विश्वास घात
मुटुमा बज्रपात
सम्झाएँ आफैलाई ।
कुरेर बस्दा
समय नै बोझिलो
आफैँलाई बिर्सेको ।
४,
दुई बीचमा
विश्वास तोडेपछि
भाँचियो मन सबै ।
नदीको किनारामा
सुस्ताएको जीवन
आफैँदेखि भागेको ।
५,
बैगुनी माया
टाढिएर बस्दामा
जलिरहेको मुटु ।
सम्झेर आफ्नै
सँगै बाँच्ने कसम
बाटो हेर्दै पर्खेको ।
६,
उनको रुप
धपक्कै बलिदिँदा
स्वार्थ लुट्ने दाउमा ।
बित्दै समय
नजिकिन खोजेको
छाया पार्यो आफैँमा ।
Comments