सिजो (कोरियन शैलीको गीति कविता )
शीर्षक : माया
१,
तिमीले माया दियौ लुकाएर भित्रै राखेँ
खुसीका लामो यात्रा टेक्दै टेक्दै तिमीसँगै
गहिरो जोडेको माया हाँस्दाहास्दै बितेछ ।
२,
मायाको मनभित्र लुक्न खोज्दा मनै रित्तो
फाटेको मायालाई मिल्काउनै गार्हो भयो
जिन्दगी अधुरो हुँदा आफैलाई धकेलेँ ।
३,
ईष्यालु मायालुले जाल बुन्न थालेपछि
आत्तिँदै बाटो खोज्दा बितिगयो मेरो मन
उजाड लाग्न थालेछ फुलबारी आफैको ।
४,
लिएर चोखो माया तिमीलाई साच्दै राखे
निष्ठुरी बनेपछि एकलव्य बुन्दै गए
मनमा सपना बुन्दै कुर्दै बसेँ टोलाई ।
५,
सकिनौ माया दिन चुपचाप बसिरह्यौ
सम्झेको बेला तिमी लजाएको हुनुपर्छ
पर्खिएँ लामो समय सपनीमा रहेछु ।
६,
राखेछु तिमीलाई दिलभित्र माया गर्दै
विश्वास दिँदा पनि शङ्का गरी हेर्छौ किन ?
आत्तिएँ सहन गाह्रो आफैदेखि टाढिए ।
- बट्टार,नुवाकोट
Comments