Skip to main content

करण "सायर"काे नयाँ बुसाेकुसेकीका जापानी साहित्य

नुवाकोट । करण तामाङ घ्लान सायरले नयाँ बुसाेकुसेकिकाहरु सार्वजनिक गरेका छन् । बुसाेकुसेकिका जापानी साहित्यकाे एक लाेकप्रिय कविता विधा हाे । सायरले जापानी साहित्यलाई अंगाल्ने क्रममा जापानी साहित्यकाे धेरै विधाहरुमा कलम चलाईसक्नु भएको छ । जसमध्ये बुसेकुसेकिका एक हाे । नेपाली भाषामा बुसाेकुसेकिका यसरी लेख्नुभएको छ :- 

एक) 
हिमाली गाेरी 
टुङ्नाकाे टुङटुङ
शेर्पेनी कान्छी 
भेँडी गाेठमा बाँस
अँधेरी रातभर
गाँसेकाे रे पिरती ।

दुई )
सन्ध्याकाे प्रेम
मिलेको स्पर्शहरु
झन झमक्क
मितेरी सुरुभयाे
रसाए विस्तारमा 
टुट्दै छ बाँधहरु ।

तीन)
सारङ्गी राेयाे
फकाउने बाँसुरी
मधुर धुन 
त्याे अाडमा बसेकाे
सुरमा ताल छैन 
भनिन्छ जिन्दगानी ।

चार)
मन्द मुस्कान
ढाकिदियाे सिरक
पहिलाे भेट
अंगालोनै च्यापेर
जाेडिएकाे निधार 
सुस्तरीमा पिरती ।

पाँच)
मै मात्र मिठाे
बेस्सरी भर्याे रस
घमण्डी फल
सकेपछि चुसेर
छाडिदिए सबले
चाउरीए जवान ।


छ)
फूल्ने बेला थ्याे
भन्छ दुर्घटनामा 
सपनाहरु
छलकपट जिन्दगी 
अाशाका त्यान्द्राेहरु
पलुवा बनेको छ ।

सात )
जवान भयाे
स्याना तन्नेरीहरु
निमय उस्तै 
हलक्क बढेपछि 
अटेसमटेस छ
दुई अाँखाकाे यात्रा ।

Comments