नुवाकोटका ।बेलकोटगढी न.पा.३ रुपिंङ अवस्थित श्री लक्ष्मी स्वरी उच्च मा.बि.मा अध्यनरत करिब ३२ जना दलित बालबालिकाहरुको लागि युवा तथा समाजसेवी डाक्टर दिल बहादुर तामाङको पहलमा न्यानो कपडा वितरण भएको छ।उक्त कार्यक्रमका लागि नेपाल तामाङ समाजको सहयोगमा ३२ वटा न्यानो ज्याकेटहरु टिकाराम सार्कीलाइ हस्तान्तरण गरिएको थियो |डाक्टर तामाङ कान्छिमाया फाउन्डेसनका अध्यक्ष समेत हुनुहुन्छ।उहाँले सो कार्यक्रमका लागि सहयोग गर्नुभएकोमा बिशेष धन्यबादका साथै नेपाल तामाङ समाजका अध्यक्ष पेम लामालाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ।
हरेक बर्ष ल्होछार कार्यक्रम र अन्य सामाजिक कार्यक्रमहरुको अवसर पारेर स्वास्थ्य शिविर गर्दै आइएको भए पनि यसपटक नेपाल तामाङ समाजले कोरोना भाइरस कोभिड -१९को कारणले ल्होछार कार्यक्रममा गरिने आर्थिक खर्चलाई शैक्षिक क्षेत्रमा नयाँ आयम स्वरूप न्यानो कपडा वितरण कार्यक्रम ल्याएको समेत उहाँले वताउनु भयो।तामाङ जात्तित्व संस्था भए पनि नेपाल समाजको लागि आवश्यक सर सहयोगका लागि सेवा रहने नेपाल तामाङ समाज अध्यक्ष लामाले बताउनु भयो |विगत को दिनहरुमा नेपाल तामाङ समाजले नेपालको विभिन्न स्वास्थ्य शिविरहरु संचालन गर्नुका साथै ल्होछार कार्यक्रमहरु गरिएका थिए |
Comments