Skip to main content

हाइकु - पुष्कर लोहनी

 हाइकु

- पुष्कर लोहनी 

१.


दाउरा निभ्छ

जति सल्काए पनि

ओसिलो चुलो !

२.

टुसो उम्रेछ

बोराभोत्र कोचेको

आँप निकाल्दा !

३.

माछा फुत्कियो

पोखरीमा चिप्लिँदा

घाउ नै घाउ !

४.

हिउँको दाग

कालो खाडल पुर्दा

बिँडै फुत्कियो !

५.

ढुसी परेछ

घाम छिर्न नपाउँदा

सर्पको वास !

६.

सियोको प्वाल

छियाछिया भएछ 

घागो घुसार्दा !

Comments