सिजो कविता
- श्रीराम श्रेष्ठ
१.
राखेर तिमीलाई मुटुभरि सजाएथेँ
सम्झेथे विश्वासले आस्था निभ्न कहाँ देला
आखिर लत्याइहाल्यो दोबाटोमा एक्ल्याई ।
२.
बाँधेर अँगालोमा मायाप्रिति लाए थियौँ
कसरी बिछोडिएँ कसलाई भनु मैले
अतीत खोलेर हेर्दा डरलाग्दो घटना ।
३.
हिउँदे न्यानो घाम सबैलाई अति प्यारो
बिहानी आगमन खुसीयाली सबैतिर
सूर्यास्त हुन खोजेको चिसोपन आफैमा ।
४.
मायाले धोका दिँदा चिच्याउँदै ढलिहाले
पर्खिएँ आउलाउ भनिबसे तिमीलाई
सम्बन्ध बिग्रिएपछि अर्कै मान्छे सम्झेर ।
५.
सोचाई भीर छुने बुझ्नलाई तल जाने
लिएर कालो मन छोप्दै जाँदा डरैडर
बेदना थुपारिएको कालो भीत्ता झस्केछ ।
६.
सोचाई भीर छुने बुझ्नलाई तल जाने
लिएर कालो मन छोप्दै जाँदा डरैडर
बेदना थुपारिएको कालो भीत्ता झस्केछ ।
Comments