वाकोट।नेपाली काङ्ग्रेस नुवाकोटको अनुशासन विपरीत काम भएको भन्दै दुई जनलाई पार्टी निष्कासन गर्न जिल्लाले प्रदेशलाइ सिफारिस गरिएको छ।आज बसेको जिल्ला अनुशासन समितिको बैठकले उक्त निर्णय गरिएको हो।नेपाली काङ्रेस पार्टीको आदर्श, सिद्धान्त नितिविपरीत हुनेगरी अनुशासन उल्लंघन गरेको भनी जिल्ला अनुशासन कार्यालय नुवाकोटमा प्राप्त सूचनाको आधारमा छानबिन गरि जिल्ला अनुशासन समितिको मिति २०७९ चैत्र २५ गते बसेको बैठकको निर्णय अनुसार नेपाली काङ्ग्रेसको बिधान २०१७ (संसोधन सहित)को धारा ३४ को उपधारा ङ ४ र (च)बमोजिम उनिहरुलाई आफूमाथि लागेको आरोप बारे सप्रमाण खण्डन गरि ५ दिनभित्र जिल्ला अनुशासन समितिमा स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको थियो।
नेपाली काङ्ग्रेस जिल्ला पुर्व उपसभापति याम बहादुर थापा(ठेगाना-पञ्चकन्या गाउँपालिका वडा नं.५ कृयाशिल सदस्यता नम्बर( ३३२०१२०२०५००४२८/१३-१४) र क्षेत्रीय प्रतिनिधि भगवान पौडेल ठेगाना पञ्चकन्या गाउँपालिका वडा नम्बर १ कृयाशिल सदस्यता नम्बर (३३२०१२२०१०००४४/१४) उनिहरु दुबैजनाबाट तोकिएको समयभित्र स्पष्टीकरण पेस भएको थिएन।झनै २०७९ बैशाख २ गते नेपाल कम्युनिस्ट पार्टी एमालेले बिदुर नगरपालिकामा आयोजना गरेको आमसभामा प्रबेश गरि नेपाली काङ्ग्रेस विरुद्ध अभिव्यक्ति दिएको भनी २०७९ बैशाख ४ गते बसेको जिल्ला अनुशासन समितीको बैठकको यस्तो निर्णय लिन बाध्य भएको हो।सोही बैठक अनुसार याम बहादुर थापा र भगवान पौडेललाई कारबाही गरि बिधानको धारा ३४ को उपधारा ४ (छ) बमोजिम नेपाली काङ्ग्रेसको कृयाशिल सदस्य सूचीबाट हटाउन र साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गर्न जिल्ला अनुशान समिति,नेपाली काङ्ग्रेस-नुवाकोटले बागमती प्रदेश अनुशासन समितिमा सिफारिस गरिएको छ।
Comments