हाइबुन (नियात्रा कविता )
- श्रीराम श्रेष्ठ
१,
हावाको बेग
फूलको मीठो बास्ना
सुघेर लठ्ठ ।
२,
हिमाली छाया
फेवातालमा देख्दा
दृश्य नै ऎना ।
३,
चिसो बतास
घुम्तीको चौतारीमा
सम्झेको पंखा ।
४,
कमिनी फूल
झाङिएर फुलिदा
उज्यालो रुप ।
५,
एक्लो बसाई
मनमा कुरा खेल्दा
तर्सेको आफै ।
६,
हिमाली जिल्ला
जीवन कष्टकर
दु:खै आनन्द ।
७,
सौन्दर्य रुप
हेरेर झस्किदामा
लागेको आफ्नै ।
८,
नदिको छाल
पानीको उत्तेजना
शक्ति सन्चय ।

Comments