बेलकोटगढी । जिल्लाको बेलकोटगढी नगरपालिकामा गठबन्धनले उम्मेदवार टुंग्याएको छ ।
मनोनयनको लागि निर्वाचन आयोगले तोकेको केही समय मात्र बाँकी रहँदा गठबन्धनका तर्फबाट मेयर र उपमेयरको टिकट फाइनल भएको हो ।
जसअनुसार मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता जगत बहादुर लामा र उपमेयरमा कांग्रेसबाट शिव दाहाल रहेका छन् ।लामो छलफल र रस्साकस्सीपछि गठबन्धनले उम्मेदवार टुंग्याएको हो ।
गठबन्धनबाट मेयरको उम्मेदवार बनेका लामा गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेयरको प्रत्यासी रहेका थिए । भने उपमेयर दाहाल नेपाली कांग्रेस नुवाकोटका पूर्व सचिव हुन् ।
लामो छलफलपछि गठबन्धनका तर्फबाट आफू उपमेयरको उम्मेदवार बनेको र मनोनयन दर्ता समेत गराएको दाहालले बताए ।
Comments