Skip to main content

आमूल परिवर्तन मसिह पार्टीकोको बेलकोटगढी नगर प्रमुखमा तामाङको उम्मेदवारी

बेलकोटगढी।स्थानीय तहको आउदो बैशाख ३० गते हुने चुनावको लागि सबै राजनीति दलहरुबाट धमाधम आ-आफ्नो पदका लागि उम्मेदवारी दर्ता गर्ने काम जारी रहेको छ।त्यस्तै युवा तथा समाजसेवी साथै पिपल चौतारीका अध्यक्ष सोम तामाङले आमूल परिवर्तन मसिह पार्टीको तर्फबाट बेलकोटगढी नगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरेको तामाङले जानकारी दिएको छ।स्थानीय गाउँ क्षेत्रमा विकासका लागि युवा नेतृत्व खाचो भन्दै भाबी योजनाको साथ आफ्नो उम्मेदवारी दर्ता गरेको उहाँको भनाई छ। नगरप्रमुखका उम्मेदवारी तामाङ बेलकोटगढी नगरपालिका वडा ४ सालखर्क,नुवाकोट स्थायी बासिन्दा हो।

Comments