Skip to main content

बेलकाेटगढी नगरपालिका मेयरमा २३ वर्षिय युवालाई अघि सार्दै नेकपा समाजवादी । चुनाव चिन्ह "कार"

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी समाजवादीले बेलकाेटगढी नगरपालिका मेयर पदकाे उमेदवारमा २३ वर्षे युवालाई अघि सारेका छन् । बैशाख ३० गतेकाे निर्वाचनकाे निमित्त बेलकाेटगढी मेयरमा नेकपा समाजवादी नुवाकोट जिल्ला समिति सचिव एवम् पत्रकार महासंघका केन्द्रीय सदस्य करण तामाङलाई उमेदवारी घाेषणा गरेका हुन् । नयाँ विचार नयाँ साेच र युवा नेतृत्व आजकाे आवश्यकता महसुस गर्दै तामाङलाई अघि सारेकाे समाजवादीले जनाएको छ । चुनाव चिन्ह कार लिएर बेलकाेटगढीकाे सुनाैलाे भविष्यकाे परिकल्पना गर्दै उमेदवारी दिएकाे हाे ।

Comments