Skip to main content

बे.न.पा.६ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षमा इन्द्रबहादुर लामाको उम्मेदवारी

बेलकोटगढी-६ । आसन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता इन्द्र बहादुर लामा उम्मेदवार बनेका छन् ।

यो नगरपालिकामा सत्तारुढ दलहरुबीच गठबन्धन गरिएको छ । उनी उक्त वडामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन ।


लामोसमयदेखी कांग्रेसको राजनीतिमा सक्रिय उनी नुवाकोटमा चर्चित नेता हुन । स्थानीयस्तरको विकास निर्माण, महिला सशक्तिकरण लगायतका समाजिक सेवामा सक्रिय लामा मिजासिला स्वभावका कारण नुवाकोटमा निकै लोकप्रिय छन् । सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका नेता लामाले यसअघि कयौ पटक नगरपालिकाको मनोपोली र हेपाह प्रवृत्ती विरुद्ध स्थानीलाई एकजुट गरी खबरदारी गरेका छन् ।

विकास र जनताको हितमा सदैव लागिरहने व्यक्तिलाई वडाकाे जिम्मेवारी दिएकोमा स्थानीय समेत निकै खुसी छन ।

Comments