नुवाकोटको बेलकोगढी नगरपालिका वडा नम्बर २ निवासी पुर्ण बहादुर तामाङ को छोरा बर्ष १४को बिजय तामाङको हाल काठमाडौं टिचिङ हस्पिटलमा भर्न भै उपचारत रहेको छ।बिरामी तामाङको मुख्या समस्या भनेको मुटुको भल्भ फेर्नु पर्ने उनको पारिबारिक स्रोतले जनाएको छ।उपचारको लागि आर्थिक सहयोग आफन्तजनहरुबाट सङ्कलन हुने कार्य भैरहेको बेला नेकपा माओवादी केन्द्र वाइसीएल नेपालको केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला वाइसीएल नेपाल् इन्चार्ज प्रकाश लामा (सुरज)को पहलमा आर्थिक सहयोग हस्तान्तरण भएको छ।
उक्त आर्थिक सहयोगका लागि
सेवा नै धर्म हो भन्दै बिहिबार नेकपा माओवादी केन्द्र /प्रदेश नम्बर क,को संयाेजक नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाको माओवादी केन्द्र बाट पुर्ब मेयर उमेदवार बेलकोगढी जनताको प्रिय युवा नेता समाजसेवि जगत लामाद्वारा रु. २५,००० हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्नु भएको उहाँले बताउनु भयो ।सहयोगी लामा बिगत लामो समयदेखी सामाजिक कार्यक्रममा सक्रियता रहनुका साथै पछिल्लोपटक राजनीति क्षेत्रका एक होनहार व्यक्तित्व समेत परिचित रहेको छ।
Comments